बिनाश काले बिपरित वुद्धि भनेको यहि हो ?


छत्रवहादुर मैनाली (सिन्धुली) हाल:कोलम्विया 

मिति २०६९ साल असार २८ ,गते बर्ष २० अङ्क १४५ पेज नम्बर ७ कान्तिपुर दैनिकमा   मुरारी शर्मा र भगिरथ बस्नेत को संयुक्त  गरिबीको तिरोमा नेताको मोज सिर्षकमा प्रकाशित लेखले राज्य कति सम्म अनुदार हुदै अगाडी बढेको छ भन्ने छर्लंग भएको छ । लेखक द्वयले आक्रामक शैलीमा वास्तविक तथ्यलाई पाठक सामु पस्कने हिम्मत गरेको देखिन्छ लेखमा उल्लेख भएको मध्ये   १ जना भूतपूर्व प्रधानमन्त्रिको सेवा सुबिधा  बारे ५ बर्षको तथ्यांक लाई आधार मानेर  बिषयको मुल्यांकन गरिएको छ जसमा  १ जना भूतपूर्व प्रधानमन्त्रिलाई सुबिधाको नाममा  ५ बर्षमा राज्यले  ३ करोड ६९ लाख ५०  हजार  आर्थिक व्यय भार व्यहोर्नु पर्ने हुन्छ । क्रमश :राज्यले प्रदान गर्ने अन्य बिशिस्ठहरुको समेत  समग्रमा जोड्ने हो भने ,५ बर्षको रकमले १० औं लाख नेपाली जनतालाई गरिबी बाट उकास्न सकिने रहेछ यो वास्तविक तथ्यांक हो जुन राज्यले  बिशिष्ठाहरुका नाममा प्रदान गर्दछ । सन् २०११ को  विश्व बैंकको रिपोर्ट अनुसार नेपालको ग्रस उत्पादन अनुसार हाम्रो अर्थतन्त्र अन्तर्राष्ट्रिय स्तरमा  १०८ औं सूचकांकमा   सुचिकृत छ हामी भन्दा अगाडी १०७ राष्ट्र अग्र पंक्तिमा रहेका छन यसैगरी  विकिपेडियाको तथ्यांक अनुसार प्रति व्यक्ति नेपालीको आय (नोमिनल) ६५३ अमेरिकन डलर उल्लेख छ बिकशित राष्ट्रको दाजोमा हाम्रो प्रति व्यक्ति आय हात्तिको मुखमा जिरा भने जस्तै हो ।
 हामी आर्थिक रुपमा कति पछाडी र कम्जोर छौं भन्ने विश्व बैंकको रिपोर्ट र विकिपेडियाको विवरण ले प्रमाणित गरेको छ यस्तो कम्जोर आर्थिक अवस्था भएको मुलुकमा बिशिष्ठ हरुलाई सेवा सुबिधाको नाममा मासिक लाखौ रकम उपलब्ध गराउनु कति न्याय सम्मत छ ? मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीले यस्ता दुरगामी असर पुग्ने निर्णय कुन उध्यश्य प्राप्तिको लागी गर्नु भएको हो आफुले इमान्दारिता , सरल , विद्वान भन्दै सुधारबादी नेताको रुपमा नेपालमै बनेको मुस्तांग गाडी चढ्ने निर्णय गर्ने अनि बिशिष्ठहरुका नाममा आलिसान गाडी दिने निर्णय गरेर  आफ्नो भविष्यको भाग सुरक्षित गर्न खोज्नु भएको त्  हैन ? यदि हैन भने प्राडो पजेरो चढ्ने नेपालीको हैसियत के हो ? नेपालीको अवस्था अन्तर्राष्ट्रिय जगतमा कुन स्थानमा छ ? के नेपाली जनताले तिरेका  करमा रजाई गर्नु महान कार्य हो ? क्षण क्षणमा हुने सरकार परिवर्तन कुनै सरकारले एक कार्यकाल पुरा गरेको इतिहास २०४६ साल पछाडी कहाँ छ ? कित एक कार्यकाल पुरा गरेकाहरुले मात्र पाउने निर्णय भएको भए देश र जनता प्रति न्याय गरेको ठहरिन्थ्यो यस्तै राजनीतिक अस्थिरता भइ रहने हो भने २० बर्षमा २० सरकार प्रमुख भए यो हिसाबले बिशिष्ठहरुको  संख्यामा उल्लेख्य बृधि हुने निश्चीत्   छ नेपालको कुल बजेटको  ठुलै हिस्सा बिशिष्ठ हरुको पोल्टामा पुग्ने छ ।
नेपालमा पटक पटक भइ रहने राजनीतिक परिवर्तन, राजनीतिक अस्थिरताको प्रतिफल यिनै बिशिष्ठ भनौदा हरुलाई भएछ सर्वहारा ,पिछडिएका ,गरिब ,निमुखाहरुका निम्ति लडेका हौँ भनेर गर्व गर्नुहुने नेतागणहरुलाई बधाई एवं शुभकामना छ किनकि नेपाल जस्तो अति कम बिकशित राष्ट्रमा  बिशिष्ठका नाममा लाज सरम पचाएर जनताले तिरेका कर लाई आफ्नो भुडी भर्ने माध्यम बनाउन सफल हुनु भएकोमा , धन्य छ पशुपतिनाथ  तिम्रै आँखा अगाडी गरिब जनताले १ चक्की सिटामोल र १ प्याकेट जीवनजल  समयमा किन्न र खान नपाएर परलोक  हुन्छन दाह संस्कारका निम्ति समेत हारगुहार गर्नु पर्दछ तिनै गरिब निमुखा लगायतले  तिरेका करबाट बिशिष्ठ हरुले राज्यले प्रदान गरेको बहानामा  आफ्नो जीवन गुजारा गर्ने अचुक उपाय लागु गरेकाछन धन्य छ दैवको लिला यहाँ के लाई भन्दा देख्ने लाई लाज भने जस्तो ।
 जसका कारण आज राष्ट्र को यो दुर्दशा भएको छ राष्ट्र डुब्न लागी सक्यो यिनलाई एक आपसमा गाली गलौज आरोप प्रत्यारोप गर्नैमा ब्यस्त छन देश र जनताको समस्या जहाको त्यहिँ छ कहिले निरुपण होला र सुखी दिन काट्न पाईएला  भन्दै पुर्पुरोमा हात लाएर जनता आश गरी बसेका छन  आशै आशमा कतिको जीवन लिला समाप्त भैसक्यो  जनता पिल्सेको मकै जस्तो  पिल्सी रहनु परेकों छ एक थरि बाट पिल्सिनु परे पनी केहि पिडा कम हुन्थ्यो यहाँ थरि थरिका समस्याले पिल्सिनु परेकोछ  सुध खानेपानी , बिजुली बत्ति , इन्धन मट्टीतेल ,पेट्रोल ,डिजेल ,खेति गर्नका निम्ति रासायनिक मल , रोजगार  लगायतको अभावले पिल्सिनु परेकों छ भने अर्कोतिर हत्या , हिंशा ,असुरक्षा , चन्दा आतंक , निजि बिद्यालयले लिने चर्को शुल्क ,को त्राश्ले  त्राही त्राही हुनु परेकों छ राज्य निरिह प्राय भइ सकेको छ । आश गर्नु बेकार जस्तै हुदैछ यी उत्पन्न  परिश्थितिको जिम्मेवार को हुन् त्  ? तिनै बिशिष्ठ जन बाहेक अरु कोहि होलान  त्  ? कि छन भने राज्यले सार्वजनिक गर्दिनु पर्यो उल्लेखित समस्याको जिम्मेवार हामी हैनौ अरु कोहि छन भनेर  हैन भने राष्ट्रलाई सम्मुनत नबनाए सम्म  सुबिधा त्  परैको कुरो हो नैतिकता हुने लाई भएको निजि सम्पति समेत राज्यलाई अर्पण गरेर महान  योगदान दिने समय हो यो  राष्ट्र संकटमा गुज्रेको बेलामा  राज्य प्रतिको दायित्व बहन गर्नु पर्छ  कि ?राज्यको ढुकुटीमा दारा गाडेर गिध्ले सिनो लुछे जसरि लुछ्ने हो ?   

,राजधानीका भित्रि सडकको कन्त बिजोग हेर्दा लाग्छ मर्मत र सेवा त्यहाँ चाहिएको छ , उपत्यकाका नदीहरुको अवस्था हेर्ने हो भने लाग्छ  नर्कलोक खोज्न त्यहिँ नदि पसे हुन्छ  जिउदैमा नर्क देख्न र भोग्न पाइन्छ  त्यहाँ छ सेवा र सहयोगको आबश्यकता , हरेक घरका  धाराका पाइप हेर्ने हो भने ति रित्ता पाइप लाई छ खाँचो सहयोगको  जुन सहयोगले पाइप भरी पानी नियमित रुपमा बग्न सकोस , सरकारी सामुदायिक स्कुलको भौतिक अवस्था,सैक्षिक गुणस्तर  हेर्ने हो भने त्यहाँ छ खाचो सेवा र सुबिधाको ,उद्योग कलकारखाना को अवस्था हेर्ने हो भने त्यहाँ छ वास्तविक सुधार र सहयोगको   दैनिक हज्जरौंका संख्यामा  विदेशिने युवा शक्तिको लर्को हेर्ने   हो भने त्यहाँ छ आबश्यकता सेवा र सुधारको , भ्रष्टाचारको तथ्यांकलाई हेर्ने हो भने त्यहाँ छ आबश्यकता सुधारको ,  सिमा क्षेत्रमा हराएका  सिमा स्तम्भ लाई हेर्ने हो भने त्यहाँ छ खाचो सेवा,सुरक्षा  र मर्मतको  ,राष्ट्रका संरचनालाई लथालिंग अवस्थामा पुर्याएर बेवारिसे जस्तो बनाउनेहरुलाई   बिशिष्ठका नाममा त्यस्तो के बहादुरी गरेका छन र चाहियो सेवा सुबिधा ? वास्तविक सेवा र सुबिधा कसलाई चाहिएको छ ? शेर बहादुर देउवा , कृष्ण सिटौला लगायत जसले उपचारका नाममा  राज्य कोषबाट रकम बुझेका छन  उहाहरु कहिले कुन मितिमा बिरामी भएका थिए र राज्यले उपचारका नाममा  त्यत्रो  रकम आफ्नो बपौती ठानेर वितरण गर्यो ? लोकतन्त्र भनेको राज्यको ढुकुटी लुट्नु हो ? राज्यको ढुकुटी  लोकतन्त्रबादी भन्ने हरुको बपौती हो ? राज्यलाई तहस नहस बनाएर  यसरि रकम लुट्न पाइन्छ  ? विश्वको कुन नियम कानुनमा यस्तो ब्रमहलुत गर्ने छुट छ ? 

उदाहरण का निम्ति एक जना समाजसेवीको उदाहरण दिन चाहन्छु जसको उदाहरनिय  कार्य बाट हामीले धेरै कुरा सिक्न सक्छौं काभ्रे जिल्लामा जन्मनु भइ राजधानीलाई कर्म थलो बनाउनु भएका  समाजसेवी विष्णुप्रसाद गौतम जसले होनहार २ लक्का जवान  छोराहरु अल्पायुमै गुमाउनु पर्यो  दैवको लिला भने जस्तो मानबिय बज्रपात ति समाजसेवीको मुटुमा बज्रन पुग्यो मानबिय   पिडाको सिकार हुन परिश्थितिले बाध्य तुल्यायो तै पनी ति पिडादायी बेदनालाई    शक्तिमा बदलेर लक्ष्मीप्रतिष्ठान नामक सामाजिक संस्था मार्फत दिवंगत मुटुका टुक्राहरुको सपना साकार तुल्याउनका निम्ति गौतम दम्पति आजका दिनमा अहोरात्र खटिरहनु भएको छ । समाजमा पिछदिएर  सेवा सुबिधा बाट बन्चित भएर बसेका असंख्यपरिवारका निम्ति लक्ष्मी प्रतिष्ठान समाजमा प्रकाशको रुपमा  उदाएको छ  हरेक बस्तिहरुमा बिसुध मानबिय सेवा हेतु जागरण जगाउदै  आफ्नो उपश्थिति  कायम गर्न सक्षम भएको छ ।


 छोटो समयमा धेरै दिन दुखिहरुको माया ममता पाउन सफल भएको छ २ छोरा गुमाएको पीडाको घाउमा समाजसेवा र असंख्य सदस्यहरु बाट पाएको माया ममताले  मल्हम लाउने काम गरेको छ । दिवंगत छोराहरुको सपना साकार बनाउनका निम्ति थालिएको समाजसेवा  प्रयास आज देश विदेश सम्म फैलिएर नमुना बन्दै गएको छ  उहाको पवित्र कार्यको जति प्रशंशा गरे पनी थोरै हुन जान्छ यस्तो पवित्र हुनु पर्दछ सामाजिक काम भनेको जसको कुनै व्यक्तिगत स्वार्थ नहोस सामुहिक स्वार्थलाई आफ्नो स्वार्थ नठाने सम्म  समाजको बिकाश हुन सक्दैन भन्ने यो गतिलो उदाहरण हो यो उदाहरण  प्रस्तुत गर्नुको उध्यश्य  दृढ इच्छाशक्ति  का साथ गरे के हुदैन ? मुलुकलाई सक्षम बनाउनका निम्ति  यस्तै समाजमा अनुकरनिया कार्य गरे मात्र  मुलुकले काचुली फेर्न कुनै समय लाग्ने छैन ।
 तर बिडम्बना भनौ अथवा अन्याय , आज राष्ट्रलाई सवल र सक्षम बनाएर  नेपाली जनताको जीवन स्तरलाई उकासेर उदाहरण मात्र पेश गरेको भए पनी चित्त बुझाउन सकिन्थ्यो  नेपाली  जनताको हैसियत दिन प्रतिदिन खस्कदो अवस्थामा पुगेको छ ।  दैनिक हजारौका संख्यामा युवा शक्ति बिदेशिन बाध्य पारिएको छ माथिको तथ्यांक अनुसार खाडी राष्ट्रमा औसत कमाई गर्ने भनेका प्रति महिना  नेपाली १३ हजारको हाराहारीमा हो यहि हिसाबले  एक बर्षमा १ लाख ५६ हजार  हुन आउदछ यो भयो १ जना बराबर कुनै शारीरिक समस्या आएन भने नियमित काम गर्दाको कमाई  अब यसैलाई माथिको बिशिष्ठ हरुको सुबिधा संग जोडौं यदि १ बर्षमा १ जनाले औसत १ लाख ५६ हजार आर्जनगर्छ  भने बिशिष्ठ जनको प्रतिमहिना राज्यले ६ लाखको हाराहारीमा आर्थिक व्ययभार  बहन गरेको छ १ महिनाको बिशिष्ठ जनले पाउने सुबिधाको   लागी  १ जना व्यक्तिले झन्डै ४ बर्ष सम्म नियमित श्रम गर्नु पर्ने हुन्छ  ।
अब आफै मुल्यांकन गरौँ राज्यले निर्णय गरेको कति उचित छ कति अनुचित ?यो  तथ्यांक केवल छापामा  प्रकाशित लेखलाई आधार मानेर गरिएको मुल्यांकन भयो यस्ता गुप् चुप्मा कति निर्णय भएका होलान त्यो राज्यले नै जानोस बिरामी खर्च को नाममा होसकी द्वन्द पिडित लगायत अनेकौं सिर्शक्मा राष्ट्रको ढुकुटी सके सम्म रित्याउने काम भएको छ मुखले राम राम बगलीमा छुरा भनेको यहि हो आम जनतालाई एक थरिको ललिपपमा भुल्यएर मिलिजुली आफु निकटका आसेपासे  पोस्ने काम भएको छ यदि हैन भने कुन बस्तुलाई आधार मानेर यति ठुलो धनराशी बाड्ने निर्णय भयो ?यहि हो जनतालाई राहत ? बिनाश काले बिपरित वुद्धि भनेको यहि हो ?

Related

विचाररसाहित्य 281888182515052616

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item