२७ करोडको खानेपानि योजना


डोटी,साउन ९ । 

कैलालीको मध्यवर्ती क्षेत्रमा पर्ने ३ वटा गाविसमा सञ्चालन भइरहेको दरख–सुखड खानेपानी तथा सरसफाइ योजना अन्तरगत ओभर टैङ्ैक निर्माण कार्य सुरु भएको छ । यो योजनाबाट  दरख साढेपानी र रामशिखरझालाको वाडा न ७ का १५ सय घरपरिवारका उपभोक्ताहरुले आर्सेनिकरहित शुद्ध पिउने पानिको उपभोग गर्न पाउने भएका छन् । 

नेपाल सरकार र एशियाली विकास वैङ्क को ५० प्रतिशत आर्थिक सहयोग तथा बाँकी ५० प्रतिशतमा ४५ प्रतिशत नगर विकास कोषबाट न्युनतम ५ प्रतिशत व्याजदरमा र ५ प्रतिशत उपभोक्ताको लगानीमा ३ ओटै गाविसको कुल २७ करोडको लागतमा योजना सञ्चालन भइरहेको उपभोक्ता समितिका अध्यक्ष नन्दराम आचार्यले जानकारि दिनुभयो ।

 साढेपानीको लागि १२ करोड तथा दरख र रामशिखरझालाको वाड नं ७ का लागि १५ करोडको लागतमा आयोजना सञ्चालन हुन लागेको हो । पानि तान्ने वोरिङको नापतौल तथा गुणस्तर नाप जाँचको लागि नेपाल सरकार तथा ढलनिकास विभाग काठमाडौवाटै विज्ञहरु आउने पनि अध्यक्ष आचार्यले जानकारि दिनुभयो । खानेपानीको टैङ्की निर्माणका लागि शिवशक्ति सामुदायिक वनले ४ कट्ठा जग्गा उपलव्ध गराएको छ ।

Related

प्रमूखखबरहरु 1448155779332998743

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item