पिउने पानीको अभावले सिन्धुली कारागारका कैदीबन्दी विरामी
http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_24.html
रमा कार्की,सिन्धुली,साउन ९ ।
स्वच्छ पिउने पानीको अभावमा जिल्ला कारागार सिन्धुलीका कैदी बन्दीहरु विरामी परेका छन् । जस्तो पायो त्यस्तै पानी पिएका कारण विरामी परेका कैदी बन्दीमा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका समस्या देखिएको छ । कारागारमा रहेका ३५ जना कैदी बन्दीमा स्वास्थ्य समस्या देखा परेको कारागारका प्रमुख कुलनाथ पोख्रेलले जानकारी दिनुभयो ।
स्वच्छ पिउने पानीको व्यवस्था नभएकाले आफूहरु विरामी पर्न थालेको कैदीहरुको भनाइ छ । विरामी भएका कैदीहरुको संख्या धेरै भएका कारण अस्पतालमा लगेर उपचार गराउने अवस्था नभएको जानकारी दिदै कारागार प्रमुख पोखरेलले कारागारमै औषधी ल्याएर खुवाएको बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !