रामेछापमा वन्यो मध्माञ्चल र पुर्वाञ्चल जोड्ने पुल


उमा के.सी. रामेछाप,साउन ९ । मध्माञ्चल र पुर्वाञ्चल जोड्ने रामेछापको साघुटार जारमा सम्पन्न भएको छ । ओखलढुङगा र रामेछापको साघुटारसँग जोडिएको लिखु नदिमा तिन बर्ष लगाएर उक्त मोटरेवल पुलको निर्माण कार्य सम्पन्न गरीएको डिभिजन सडक कार्यलय चरिकोटका डिभिजन इन्जिनियर दयाकान्त झाले जानकारी दिनुभयो । पुल निर्माण भएसगै यसै बर्षबाट मध्यमाञ्चल र पुर्वाञ्चलको यातायात सेवा जोडिने इन्जिनियर झाले बताउनुभयो । 

नेपाल सरकारको ७ करोड रुपैयाको लगानीमा पुल निर्माण कार्य सम्पन्न भएको हो । लिखु नदिमा पुल निर्माण भएसगै अव ओखलढुङगा, उदयपुर, सोलुखुम्बु जिल्ला लगाएतका सर्वसाधरणहरुलाई राजधानी काठमाण्डौ आवत जावत गर्न सजिलो भएको छ । ३÷४ दिन लगाएर रामेछापको साघुटार बजारबाट भारी बोकेर ओखलढुङगा पुग्ने सर्वसाधरणका लागी अव त्यसरी भारी बोकेर हिड्नुपर्ने बाध्यता हटेको छ । अहिले पुल निर्माण भएपछि रामेछापबाट ओखलढुङगा तर्फ ट्याक्टर तथा ट्रकहरुले सामान ओसार्न थालिसकेको स्थानियबासीहरुले बताएका छन

Related

विविध 616373800870762846

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item