लंगुखोला बाबाधाम जाने दर्शनार्थीको चहलपहल बढ्दो
http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_25.html
उमा पौडेल, सिन्धुली,साउन १० ।
केही दिनदेखिको लगातारको वर्षासँगै अवरुद्ध भएको सिन्धुली–भीमस्थान सडकखण्ड स्थानीयको सरसफाईपछि सचांलनमा आएको छ । अवरुद्ध सडक सन्चालन भएसँगै बन्द रहेको भीमस्थानको दुग्घ विकास केन्द्र र पोल्टि फर्मसमेत सन्चालनमा आएको छ ।
त्यस्तै सिन्धुलीको प्रसिद्ध धार्मिकस्थल लंगुरखोला बाबाधाममा आउने दर्शनार्थीहरुको पनि चहलपहल बढेकोे बताएका छन् । धार्मिक क्षेत्रमा छुट्टै महत्व बोकेको लंगुरखोला बाबाधाममा महोत्तरी, सर्लाही, धनुषा, जनकपुर, दोलखा, रामेछाप र बाहिरी देशहरुबाट पनि दर्शनार्थीहरु आउने गरेको स्थानीयबासीको भनाइ छ । विगतका वर्षहरुमा सिन्धुलीको हत्पतेबाट लंगुरखोला बाबाधाममा दर्शन गर्न जाने दर्शनार्थीहरु बेलघारी र भीमस्थानको बिचमा बग्ने चँदाहा खोलामा पुल निर्माण भएसँगै तीन वर्षदेखि बेलघारी भीमस्थान हँुदै लंगुरखोलाधाम आवतजावत गर्दै आएका थिए । जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला प्राविधिक कार्यालयको निरीक्षणपछि उनीहरुले अवरुद्ध बुधुने खोला, बेसारे खोला, तीनतले डाँडा, जिर्गालगायतका स्थानमा सरसफाई गरेका हुन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !