आज प्रमुख तीनदलको बैठक, नयाँ सरकार बारे छलफल
http://sindhulidarpan.blogspot.com/2012/07/news_25.html
काठमाण्डौ,साउन १० ।
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीबीच आज वार्ता हुँदैछ । प्रमुख तीनदलको बैठक बिहान ११ बजेपछि एमाले पार्टी कार्यालय बल्खुमा बस्नेछ । नेपाली काँगे्रस र नेकपा एमालेको हिजो बसेको बैठकले निर्णायक वार्ता गर्ने निर्णय गरेपछि आज प्रमुख तीनदलको बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन, संविधानका विवादित विषय टुङ्गो लगाउने प्रक्रियाका विषयमा छलफल हुनेछ । बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको सरकार गठनका विषयमा माओवादीको ठोस धारणा माग्ने छन् । वर्तमान राजनीतिक सङ्कट अन्त्यका लागि सहमतिको सरकार पहिलो प्राथमिकता भएकाले आज त्यस विषयमा माओवादीको ठोस धारणा मागिने कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
एकीकृत माओवादी मुलुकको राजनीतिक सङ्कट अन्त्यका बारेमा के चाहन्छ र यसलाई कसरी लिएको छ भन्ने विषयमा ठोस र निर्णायक वार्ता गर्न आवश्यक ठानेर आज वैठक गर्ने निस्कर्षमा पुगेको हौ, पौडेलले सीआईएनसँग भन्नुभयो । माओवादीले गत जेठ १४ गते संविधानसभाको विघटन गरेर संविधानसभाको नयाँ निर्वाचनका लागि मङ्सिर ७ गते तय गरेपछि काँगे्रस र एमालेसहितका साना २२ दल असन्तुष्टि जनाउँदै आन्दोलनमा छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !