आचारसहिंता विपरीत पिसीएफकोटा वाड्यो शिक्षा कार्यालय सिन्धुलीले

http://sindhulidarpan.blogspot.com/2012/07/news_697.html
मिनकुमार दाहाल,सिन्धुली,साउन ६ ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले विभिन्न विद्यालयलाई निर्वाचन आचारसंहिताविपरीत पीसीएफकोटा वितरण गरेको छ । निर्वाचन आयोगको २०६९ जेठ २४ गते को निर्णयअनुसार मंसिर ७ गतेसम्का लागि सवै सरकारी कार्यालयलाई नयाँ कर्मचारी भर्ना,वढुवा,शिक्षक दरवन्दी वितरणजस्ता कार्य नगर्न निर्वाचन आचारसंहिता लागु गरिएको भए पनि त्यसलाई वेवास्ता गर्दै जिल्ला शिक्षा कार्यालयले पीसीएफ कोटा वितरण गरेको हो । स्थानिय विकास अधिकारी अध्यक्ष रहेको जिल्ला शिक्षा समितीले असार २५ गते २ करोड भन्दा माथि पीसीएफ रकम निर्वाचन आयोगको सहमती विना विद्यालयलाई वितरण गरेको हो ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव वद्रिप्रसाद पौडेललेका अनुसार प्राथमिक विद्यालय तहमा ६ हजार ६ सय ९३ विद्यार्थीको लागी १ सय १५ विद्यालयमा ३६ लाख ९० हजार ९८८ रुपैयाँ वितरण गरिएको छ । त्यसै गरी निम्नमाध्यमिक विद्यालय तहमा ७ हजार ६ सय ४५ विद्यार्थीको लागी १ सय १५ विद्यालयको लागी १ करोड २३ लाख ४४ हजार रुपैयाँ वितरण गरिएको छ । यसै गरी माध्यमिक तहको २४ सय ७७ विद्यार्थीको लागी ४७ माध्यमिक विद्यालयमा ७३ लाख ९ हजार ४०४ रुपैया रकम वितरण गरिएको छ ।
प्राथमिक तहमा एक शिक्षक वरावर ४५,निमाविमा ३५ र माविमा ३१ नाघेका विद्यालयहरु पीसीएफ रकम वितरण गरिएको शिक्षा कार्यालयका उपसचिव पौडेलले वताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख धर्मराज गैरेले जेठ २४ पछि गठन भएका विद्यालय व्यवस्थापन समिती वदर गर्ने,आयोगको सहमती वेगर भएका सरुवा वदर गर्ने तथा पीसीएफ,राहत कोटा लगायतका शिक्षक भर्ना प्रकृयालाई सहमती नदिन निर्वाचन आयोगले परिपत्र गरेको वताउनुभयो । आयोगको निर्णय जिल्ला शिक्षा कार्यालयलाई कार्यान्वयन गर्न सचेत गराउदै आयोगको परिपत्रवारे शक्षिा कार्यालयलाई जानकारी गराउने निर्वाचन कार्यलयका प्रमुख गैरेले वताउनुभयो । पीसीएफ वितरण विद्यार्थीको कक्षा कोठासँग सम्वन्धीत विषय भएकोले निर्वाचन आचारसंहितासँग जोड्न नहुँने उपसचिव पौडेलको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !