परीक्षाफल छिटो प्रकाशन गर्न माग गर्दै विद्यार्थीहरु धर्नामा


 काठमाडौं, साउन ८ । परीक्षाफल छिटो प्रकाशन गर्न माग गर्दै स्नातक तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले आज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा धर्ना दिँदै छन् । एघार महिना बित्न लाग्दा पनि परीक्षाफल प्रकाशन नभएको विरोधमा बीए र बीबीएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले धर्ना दिन लागेका हुन् ।

मध्यान्ह बाह्र बजेपछि परीक्षा नियन्त्रण कार्यालयमा धर्ना दिएर ध्यानाकर्षण गराउन लागिएको विद्यार्थीहरुले जनाएका छन् । त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षाफल प्रकाशित नगरेर विद्यार्थीहरुको भविष्यमा खेलवाड गरेको उनीहरुको गुनासो छ ।

Related

विविध 2614724698294380068

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item