सम्पत्तिका कारण एमाओवादीमा कुर्सी हानाहान:पौडेल

http://sindhulidarpan.blogspot.com/2012/07/news_1508.html
काठमाडौं,साउन ८ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संसदीय व्यवस्थाको लडाईमा आफूहरुको जित भएको दाबी गरेका छन् । नेपाल विद्यार्थी संघले विपी कोइरालाको ३० औं स्मृति दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा उनले संसदीय व्यवस्था र पद्दतिका पक्षमा कांग्रेसले लिएको अडान विजयी भएको बताउनुभयो । ‘एमाओवादी संसदीय पद्धति र व्यवस्थाबाट डराएर संविधानसभा विघटन गरेको हो,’ उहाँले आरोप लगाउदै भन्नुभयो, ‘सत्ताकब्जा गर्न एमाओवादी पूर्व योजनाका साथ लागेको छ ।’ संविधानसभामा कांग्रेसको उपस्थिति सानो रहेपनि संसदीय पद्दति बचाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । ‘एमाओवादी मुलुकमा सर्वसत्तावाद लाद्नकै लागि उद्दत छ,’ उहाँले भन्नुभयो ‘संसदीय व्यवस्था नै मुलुकका लागि उचित व्यवस्था हो ।’

उपसभापति पौडेलले एमाओवादीका नेताहरु क्रान्तिका नाममा मुलुकमा लुट मच्चाई रहेको आरोप लगाउनुभयो । यसैवीच, कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पनि एमाओवादीका अध्यक्ष दाहालले छलकपट नगरे मुलुकले छिटो निकास पाउन सक्ने बताएका छन् । दाहालले पटक पटक छलकपट र धोकाको राजनीति गरेका कारण मुलुकमा समस्या आएको बताउनुभयो । बालाजुमा आज नेविसंघले आयोजना गरेको कार्यक्रममा उहाँले एमाओवादी र मधेसी मोर्चाको अपवित्र गठबन्धनले मुलुकलाई निकास दिन नदिएको आरोप लगाउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !