सम्पत्तिका कारण एमाओवादीमा कुर्सी हानाहान:पौडेल
http://sindhulidarpan.blogspot.com/2012/07/news_1508.html
काठमाडौं,साउन ८ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संसदीय व्यवस्थाको लडाईमा आफूहरुको जित भएको दाबी गरेका छन् । नेपाल विद्यार्थी संघले विपी कोइरालाको ३० औं स्मृति दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा उनले संसदीय व्यवस्था र पद्दतिका पक्षमा कांग्रेसले लिएको अडान विजयी भएको बताउनुभयो । ‘एमाओवादी संसदीय पद्धति र व्यवस्थाबाट डराएर संविधानसभा विघटन गरेको हो,’ उहाँले आरोप लगाउदै भन्नुभयो, ‘सत्ताकब्जा गर्न एमाओवादी पूर्व योजनाका साथ लागेको छ ।’ संविधानसभामा कांग्रेसको उपस्थिति सानो रहेपनि संसदीय पद्दति बचाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । ‘एमाओवादी मुलुकमा सर्वसत्तावाद लाद्नकै लागि उद्दत छ,’ उहाँले भन्नुभयो ‘संसदीय व्यवस्था नै मुलुकका लागि उचित व्यवस्था हो ।’
एकीकृत माओवादीको विस्तारित बैठकमा शीर्ष नेताहरु माथि भएको कुर्सी प्रहार सम्पत्ति मोहका कारण रहेको बताएका उपसभापति पौडेलले भन्नुभयो ‘शहरमा गाडी चढ्ने र घर जोड्नवीचको तनावले कुर्सी हानाहान भएको हो ।’एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले महंगो घर र गाडी चढ्न छाड्दैमा आन्तरिक कलह साम्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो , ‘एमाओवादी भित्रको लडाई सम्पत्ति जोड्ने होडबाजीका कारणले भएको छ ।’
उपसभापति पौडेलले एमाओवादीका नेताहरु क्रान्तिका नाममा मुलुकमा लुट मच्चाई रहेको आरोप लगाउनुभयो । यसैवीच, कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पनि एमाओवादीका अध्यक्ष दाहालले छलकपट नगरे मुलुकले छिटो निकास पाउन सक्ने बताएका छन् । दाहालले पटक पटक छलकपट र धोकाको राजनीति गरेका कारण मुलुकमा समस्या आएको बताउनुभयो । बालाजुमा आज नेविसंघले आयोजना गरेको कार्यक्रममा उहाँले एमाओवादी र मधेसी मोर्चाको अपवित्र गठबन्धनले मुलुकलाई निकास दिन नदिएको आरोप लगाउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !