क्याम्पस प्रमुख र सहायक प्रमुख कार्यकक्षभित्रै थुनिए


कञ्चनपुर,साउन ८ । 

एकीकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै थुनेका छन् । संगठनले अघि सारेका माग सम्बोधनका लागि कुनै पहल नगरेको बिरोधमा अनेरास्ववियु क्रान्तिकारीले आज दिउँसो १ वजे एक घण्टाका लागि क्याम्पस प्रमुख यज्ञराज भट्ट र सहायक प्रमुख नित्यानन्द पाण्डेयलाई कार्यकक्ष भित्र थुनेका हुन् । 

६ महिनादेखि क्याम्पस समक्ष पटक पटक राखेको माग सुनुवाई गर्नुको साँटो क्याम्पस प्रमुख भट्ट पूर्वाग्रही ढंगले प्रस्तुत भएपछि उहाँहरुलाई विरोध स्वरुप एक घण्टाका लागि कोठामा थुनेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सचिव नवराज ऐरले दाबी गर्नुभएको छ । क्याम्पसको शैक्षिक वातावरणको सुधार गर्नुपर्ने लगायतका विभिन्न मागहरु अघि सारेर क्रान्तिकारी विगत लामो समयदेखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

Related

विविध 147299568050983925

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item