जबरजस्ती करणी अभियोगका फरार अभियुक्त ४ महिनापछि पक्राउ



रुपन्देही,साउन ८ । 

जवरजस्ती करणीको अभियोगमा ४ महिनादेखि फरार रहेका रुपन्देहीका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बोगटी गाविस वडा नं. ७ बस्ने “जल्लु” भनिने मुवारक अलिले चार महिनाअघि एक महिलालाई जबरजस्ती करणी गरका थिए ।

 अभियुक्त अलिलमाथि विरपुर गाविस वडा नं ६ कुदरबेट्टवामा एक महिलामाथि जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई प्रहरी कार्यलय रुपन्देहिले जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा पठाइदिएको थियो ।

 अभियुक्तलाई कपिलवस्तु जिल्ला अदालतमा पेशपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकोले जिल्ला कारागार कपिलवस्तुमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी गराएको छ । 

Related

विविध 992296645661191607

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item