"ठुलीटारमा सडक छ,काम चै छैन"


नबिनबाबु अधिकारी,सिन्धुली,साउन १३ । 

सिन्धुलीको कमलामाई नगरपालीका–७ ठुलीटार जाने सडक भत्कि पछि त्यस क्षेत्रका स्थानीय बासिन्दा मारमा परेका छन् । सडक मर्मत नहुँदा स्थानीयबासीहरु मारमा परेका हुन् ।  कमलामाई नगरपालीका संग पटक–पटक सडक मर्मत गर्न अनुरोध गरे पनि हाल सम्म कुनै वास्ता नगरेको स्थानीय दिपनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो “दिन प्रतिदिन बर्षा हुदै जाँदा सडक हिल्लामैहुदा सडकमा पैदल समेत हिड्न गाहे भएको छ ।” कमलामाई नगरपालीकाको लापरवाहीले गर्दा पुवी पहाडी क्षेत्रमा सवारी साधन आवात जावात नहुदा विरामिलाई समयमानै उपचार दिन नसकिएको श्रेष्ठले बताउनुभयो ।

अहिले सडक संचालनमा नआउदा बेलघारी, चकमके तथा अन्य स्थानहरुक स्थानीय बासिन्दाहरु प्रत्यक्ष मारमा परेका छन् । सधै सवारी साधनको भरमा जीवन निवार्ह गर्ने स्थानीयबासीहरु अहिले घण्टौ घण्टा लगाएर सदरमुकाम सिन्धुलीमाढीमा आएरदैनिक उपभोग्य खाद्य बस्तुहरु लैजान बाध्य भएका छन् ।
सडक कतै भत्किएको त कतै अत्याधिक चिप्लो हुदाँ दुर्घटना हुने गरेको र आफै कयौ पटक सडकमा चिप्लिएर लडेको मोटरसाईकलहरु बताउछन् । यसरी सडक जिर्ण बन्दै जाँदा कमलामाई नगरपालीकाले कानमा तेल हालेर बस्दा स्थानीयबासिहरुले समयमानै उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्ने स्थानीय कमलामाई नगरपालिका–७ ठुलीटार का अनिल थापाको भनाई छ ।  । उहाँले भन्नुहुन्छ ‘‘गाँउमा विरामि भएकाहरुलाई अस्पताल सम्म लैजान एम्बुलेन्स बोलायो भने जान नसक्ने र बालबालीकाहरुलाई स्कुल जाँनका लागि स्कुल बस पुग्न नसक्दा आफुहरु निकै मार खेपिरहेका छौ ।”

विहान स्कुल जाने समयमा पानी प¥यो भने बालबच्चालाई स्कुल पठाउनुको सट्टा घरमा ल्याउनु पर्दछ नत्र चिप्लो बाटो हिड्न नसकेर बालबच्चा घाईते भएर उपचार गर्न लैजाँनु पर्ने अभिभावकहरुको भनाई रहेको छ ।
स्थानीय स्थरमा उत्पादीत तरकारी तथा फलफुलहरु बजारमा लैजान नसक्दा कुहिएर खेर  जाने गरेको कृषकहरुका दुःदेसो रहेको छ ।  कमलामाई नगरपालीकाको यो बेवास्ताले गर्दा कृषक,अभिभावक, विद्यार्थी, विरामी तथा स्थानीयबासिन्दाहरु मारमा परेका छन् । स्थानीयवासिन्दाहरुले जानकारी गराउदा पनि वास्ता नगर्ने यी निकायले सर्वसाधारण जनतालाई समस्या परेको छ भन्ने कुराको के चेचन होला स्थानी समाजसेवीहरु बताउछन् । जती बुजेपनि मौन बस्ने नगरपालीकाको परिपाटि ठिक नभएको रनगरपालीकाले स्थानीयबासिन्दाको समस्यालाई बुजेर जीर्ण बन्दै गएको सडकलाई तत्काल मर्मत संहार गर्नु पर्ने बुद्धिजिवीहरु बताउछन् ।

Related

स्थानिय 5130856789580731771

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item