सिन्धुलीका ३३ कर्मचारी छड्केमा


सिन्धुली,साउन १३ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका विभिन्न कार्यालमा छड्के निरीक्षण गर्दा चौध कार्यालयका तेत्तीस कर्मचारी छड्केमा परेको  जनाएको छ । आर्थिक वर्ष समाप्ती सँगै अधिकांश कार्यालय प्रमुख विहीन भन्ने समाचार सार्वजनिक भए पछि प्रशासन कार्यालयले अन्य कार्यालयका कर्मचारीहरुको  प्रशासन कार्यालयका नायव सुव्वा ऋषिराज काफ्लेको नेतृत्वमा हरिप्रसाद पन्थी र इन्द्रवहादुर देवकोटाको टोलीले  छड्के निरिक्षण गरेको थियो । 
 छड्केमा निरीक्षण गर्दा नभेटीएका कर्मचारीहरुमा जिल्ला प्राविधिक कार्यालय एक इन्जीनियर सहित पाँच जना कर्मचारीहरु छन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा इन्जीनियर सहित दुई कर्मचारी छड्केमा परेका छन् । त्यसै गरी महिला तथा वालवालीका कार्यालय प्रमुख सहित तिन जना कर्मचारी छड्केमा परेको प्रशासन कार्यालयले जनाएको छ । 
यस्तै जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृत सहित दुई जना,कमलामाई नगरपालीका दुई जना,मालपोत कार्यालय प्रमुख सहीत दुई जना,पशु सेवा कार्यालयका एक जना,जिल्ला वन कार्यालय प्रमुख सहित तिन जना, सिंचाई दुई नम्वर डिभिजन कार्यालय प्रमुख सहित चार जना,जिल्ला शिक्षा कार्यालयमा प्रमुख सहित तिन जना,कृषि विकास वैंक प्रवन्ध तथा जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख एक जना जिल्ला प्रशासन कार्यालयको छड्केमा परेका छन् । कार्यालय छाडेर हिड्नुको औचित्य पुष्टी नभएका कर्मचारीलाई छड्केको सुचिमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  प्रशासन कार्यालयले छड्के निरीक्षण गर्दा नभेटीएका कर्मचारीहरुलाई निजामती सेवा ऐन अन्तर्गत कारवाही गरिने प्रशासन कार्यालयका नायव सुव्वा ऋषिराज काफ्लेले वताउनुभएको छ ।

Related

स्थानिय 1356492531388572095

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item