रेडक्रस सिन्धुलीद्धारा २ सय ८० परिवारलाई राहत वितरण


अञ्जु तामाङ,सिन्धुली,साउन ६ । 

गत आर्थीक वर्षमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले दैवि प्रकोपमा परेका २ सय ८० परिवारलाई  सहयोग गरेको छ । आर्थिक वर्ष ०६७÷०६८ मा  जिल्लामा आगलागी पीडित ८०, भुकम्पका ७४, वाढीपहिरोका १ सय, चट्याङका १३ र अन्य १३ गरी जम्मा २८० प्रकोप पीडित परिवारलाई  प्रति परिवार  पाल, भाँडा, कम्वल, साडी, धोती  एक एक थान र पाँच पाँच मिटर प्रिन्ट र जिन कपडा र ६ मिटर पपलिन वितरण  गरीएको जिल्ला शाखा सिन्धुलीले जनाएको छ । राहत वितरणवाट २ सय ८० घर परिवारका  १८ सय २३ जना लाभान्वित भएका थिए ।
विभिन्न दुर्घटनामा रेडक्रश शाखाले घाउमा मलम लगाउने गरेकाले शुसी लागेको आगलागीवाट घरवार विहिन जिनाखु गाविस वडा नं ६ का लाल वहादुर खड्काले वताउनु भयो ।
आगलागी, भुकम्प, वाढीपहिरो, चट्याङ लगाएतका प्रकोपका कारण उत्पन्ने समस्यालाई मध्यनजर गर्दैैै मानवीय सेवा गर्ने उद्देश्यका साथ  रेडक्रश शाखाले स्थापनादेखीनै यस्ता सहयोग गर्दै आएको जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले वताउनु भएको छ । 

Related

स्थानिय 3432186418168947470

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item