पशु बधशालाले वजार दुर्गन्धित

http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_23.html
सिन्धुली,साउन ८ । कमलामाई नगरपालिका–६ दुई नम्वर वजारका स्थानीय वासिन्दाहरुले सार्वजनिक स्थान हाटवजारमा पशु वध गरी जथाभावी फोहरजन्य वस्तुहरु फालिदा त्यसवाट दुर्गन्ध उत्पन्न भई मानव वस्तीमा डरलाग्दो महामारी फैलिन सक्ने भएकोले समयमै वध रोक्न स्थानीय प्रशासन र नगरपालीकालाई आग्रह गरेका छन् ।
नगरपालीकाको मुख्य शहर र मानव वस्ती नजीक पशु बध पछि छाडिएको हड्डी र अन्य फोहोरले वजार क्षेत्रलाई प्रतिकुल असर परेको कारण देखाउँदै पटक–पटक नगरपालीका कार्यालयमा अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञवालीलार्य भेटी गुनासो पोखेका छन् ।
जथाभावी पशु वध गर्दा हुने फोहोरका कारण त्यस क्षेत्र वरपर टाईफाईट, मलेरीया, जन्डिस जस्ता डरलाग्दा रोगहरु वालवालीकामा देखा पर्ने गरेको र यसले हैजाको महामारी फैलिन सक्ने हुनाले यस तर्फ सवैले सोच्न जरुरी भएको स्थानीय व्यापारी गोर्वधनराज श्रेष्ठले वताउनुभयो ।
वजारमा वस्ने व्यवसायी र आम उपभोक्ताहरुलाई पशु वध गर्दा हुने फोहोरले असर पार्ने गरेको महिला जागरण सुधार समितिकी अध्यक्ष गोमा प्रधानले वताउनुभयो । पशु वध गरे पछि निस्कने फोहोर नगरपालीकाले व्यवस्थापन गर्न नसक्दा वजारवासीलाई घरमा वस्न समस्या परेको उहाँको भनाइ छ । घरको कोठा भित्र वस्न सकिदैन फोहोर दुङ्ग–दुङ्ग गनाउँछ गोमाले भन्नुभयो ।
मासु व्यापारीले प्रेत्येक शनिवार लाग्ने हाट वजारमा मानव वस्ती नजिक राँगो, सुँगुर वध गरी मासु विक्री गर्ने गरेका छन् । मासु विक्री गरेपछि उनीहरुले फोहोर त्यसै छाडेर जाने गरेको कारण वर्षादको समयमा विभिन्न सरुवा रोगहरु सर्ने आशंका वजारवासीले गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !