भारतीय नामका स्कुल बसमा आगजनी


विराटनगर,  साउन ८ । नेकपा–माओवादी समर्थित अनेरास्ववियु क्रान्तिकारीले सुनसरीमा दुई वटा स्कुल बसमा तोडफोड तथा आगजनी गरेर क्षेति पुराएको छन् । अखिल क्रान्तिकारीका विद्यार्थीले धरानस्थित दिल्ली पब्लिक स्कुलका बसमा तोडफोड एवं आगजनी गरेको प्रहरीले जनाएको छ ।

इटहरीबाट विद्यार्थी लिएर धरान आउदै गरेको को १ ख ३२०४ नम्वरको बसमा अखिल क्रान्तिकारीका विद्यार्थीले सेउती पुल नजिक आगजनी गरेर क्षेति पुराएका हुन् । त्यसै गरेर अखिल क्रान्तिकारीका विद्यार्थीले दिल्ली पब्लिक स्कुलकै को १ ख ४५० नम्बरको अर्को बसलाई तरहरामा तोडफोड गरेका छन् ।

अखिल क्रान्तिकारीका कोचिला राज्य समिति संयोजक प्रल्हाद राउतले स्कुल बस आगजनी र तोडफोड गरेको स्वीकार गरेका छन् । बसमा आगजनी गर्नु अघि विद्यार्थीलाई झारेको राउतले बताए । अखिल क्रान्तिकारीले चर्को शुल्क घटाउनु पर्ने, निजी स्कुलका विदेशी नाम परिवर्तन गर्नुपर्ने, विदेशी पाठ्यपुस्तक पढाउन नपाईनेलगायतका माग राखेर शैक्षिक आन्दोलन गर्दै आएको छ ।

Related

विविध 4999766684387537949

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item