धनुषाका सयौ बृद्ध–बृद्धाहरुले ९ महिना देखी भत्ता पाएनन

http://sindhulidarpan.blogspot.com/2012/07/news_2231.html
बिदुर भट्टराई, महोत्तरी,साउन ८ ।
धनुषाको बेङ्गाडावर गाबिसका सयौ बृद्ध बृद्धाहरुले ९ महिना देखी बृद्ध भत्ता नपाएको गुनासो गरेका छन् । आफुहरु पटक–पटक गाबिस कार्यालय जाँदा कार्यालयमा गाबिस सचिब नभेटिने गरेको र भेटिएका प्रबिधिक सहायक र कार्यालय सहयोगीले पनि आफुहरुलाई राम्रो ब्यबहार नगरेको बेङ्गाडावर–६ कि ७३ बर्षिया तुलसा पोखरेलले बताउनुभयो ।
यस अघि पनि यसरी नै रकम नै आएको छैन भन्ने गरेको तर स्थानीय पत्र–पत्रिकामा सार्वजानीक भए पछि तुरुन्तै गाबिस सचिब नविन झाले गाबिसमा बोलाई आफुहरुलाई त्यसो गरि हाल्नु नहुने भन्दै ४ महिनाको भक्ताको रकम बितरण गरेको पोखरेलको भनाई छ ।
छिमेकी गाबिसहरुमा बृद्ध भत्ता बितरण भईसकेको तर आफ्नो गाबिसमा भने सचिब नभेटिएपछि फोन बाटै कुरा गर्दा रकम नै आएको छैन भन्दै समय सिमा तोकीे सचिब झाले आलटाल गर्ने गरेकोले आफुहरुको भक्ताको रकममा गाबिस कार्यालयका कर्मचारीले अनियमितता गरेको हुन सक्ने बेङ्गाडावर–८ कि ८५ बर्षिया बृद्धा तुलसा कुमारी बरालको आरोप छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !