विज्ञापन माग्दै पत्रकार धर्नामा

http://sindhulidarpan.blogspot.com/2012/07/advertise.html
काठमाडौं, साउन ८ । समानुपातिक रुपमा विज्ञापन वितरण गर्नुपर्ने माग गर्दै नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल सप्तरीले आज जिल्ला बन कार्यालयमा धर्ना दिएको छ ।
राष्ट्रिपति चुरे संरक्षण कार्यक्रम अन्तर्गतको विज्ञापन बन कार्यालयले समानुपातिक रुपमा वितरण नगरे पछि विरोधमा धर्ना बसेको सञ्जालका अध्यक्ष हेमशंकर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला बन कार्यालयका अधिकृत र कर्मचारीहरु मिलेर पत्रपत्रिकालाई आएको विज्ञापनको रकम बाँडिचुडी खाने गरेका छन् ।
स्थानीय स्तरबाट निस्कने पत्रपत्रिका र एफ.एम. रेडियोलाई विज्ञापन समानुपातिक रुपमा उपलब्ध नगराउदा सम्म धर्ना, घेराउलगायतका कार्यक्रम गर्ने सिंहले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !