सिन्धुलीमा चट्याङ्, ३ को अवस्था गम्भिर
http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_27.html
उमा पौडेल,सिन्धुली,साउन १२ ।
चट्याङ्बाट सिन्धुलीमा ३ जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा अमले गाबिस वडा नं १ लांङदीबछ्युटार निवासी बिष्णुलाल बम्जनका ८ बर्षिय छोरी संगितामाया बम्जन , सोहि ठाँउका छबिलाल थिङ्का १५ बर्षिय छोरी सुन्तलीमाया थिङ् र स्थानीय उत्तरमान बम्जन रहेका छन् । घाईते तीनै जनाको अवस्था गम्भिर रहेको स्थानीय ऐश्वर्या बम्जनले जानकारी दिनुभयो ।
चट्याङ्ले सुन्तलीमायाको आधा शरिर नै जलेको छ भने उत्तरमान बम्जन र संगितामाया बम्जन बेहोसी अवस्थामा रहेको ऐश्वर्या बम्जनले बताउनुभयो । उनीहरुलाई घरभित्रै रहेको अवस्थामा चट्याङ् लागेको थियो । उपचारका लागि सिन्धुलीमाढी ल्याउने तयारी भैरहेको बताईएको छ । त्यस्तै चयाङ्ले उत्तरमानको घरमा समेत क्षति पुगेको छ । चट्याङ्का कारण घरको गारो भत्किएको तथा सोलार लगायतका घर भित्रका अन्य सामानहरु पनि जलेको स्थानीयले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !