ग्रिष्मकालीन ओलम्पीक आज सुरु हुँदै
http://sindhulidarpan.blogspot.com/2012/07/sports_27.html
काठमाण्डौ,साउन १२ ।
पूर्वी लन्डनको स्ट्राटफोर्डस्थित रङ्गशालामा आज ३० औं ग्रिष्मकालीन ओलम्पिक आज तामझामकासाथ सुरु हुँदैछ । करिब २७ मिलियन पाउण्ड खर्च हुने बताइएको समारोहमा विश्वका एक सय २० राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ । स्थानिय समय अनुसार आज राति ९ बजे विश्व खेलकुदको कुम्भमेलाको औपचारिक उद्घाटन हुनेछ । उद्घाटन समारोहमा करिब २५ हजार कलाकार तथा खेलाडीको प्रस्तुतिका साथै गाई, कुखुरा र भेँडाको पनि प्रमुख आकर्षण रहने बताइएको छ ।
ओलम्पिक खेलमा विश्वका २ सय ४ देशले ३६ खेलका बेग्लाबेग्लै ३ सय ४ वटा इभेन्टमा भाग लिनेछन् । रङ्गशालाबाट प्रत्यक्ष ८० हजार दर्शक र विश्वभर १ अर्बभन्दा बढीले टिभी मार्फत उद्घाटन समारोहको अवलोकन गर्ने बताइएको छ । यसैबीच नेपालबाट लण्डन ओलम्पिकमा पाँच खेलाडी सहभागि भएका छन् । पौंडीमा श्रेया धिताल र प्रसिद्धजंग शाह, एथलेटिक्समा प्रमिला रिजाल र तिलकराम थारु तथा सुटिङमा स्नेह राणाले लण्डन ओलम्पिकमा सहभागिता जनाउनु भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !