राष्ट्रिय महिला फुटवल प्रतियोगिता आजबाट


रौतहट,असार ३० । 
१४ औ एनसेल राष्ट्रिय महिला फुटवल प्रतियोगिता आजबाट रौतहटको चन्द्रनिगाहपुर सुरु हुँदैछ । आज दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा रौतहट र नवलपरासी भिड्ने भएका छन् ।  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।  नेपालका २४ वटा महिला फुटवल टिम र ३ वटा विभागीय महिला टिम प्रतियोगितामा सहभागी हुनेछन् । 

 प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ वटा टिमलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई स्कुटर दिइनेछ ।  खेलमा सहभागी हुन विभिन्न जिल्लाबाट खेलाडीहरु रौतहटमा आइपुगेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 7968025783963631453

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item