च्याउको तरकारी खाँदा मकवानपुरमा दुई जना बिरामी

मकवानपुर,असार ३० । 
मकवानपुरको हेटौंडामा बजारबाट किनेर लगेको च्याउ खादा दुई जना बिरामी परेका छन् । बजारबाट किनेर पकाएको च्याउ खाँदा हेटौडा ४ का  ३२ वर्षकाा राजेन्द्र पाण्डे र २३ वर्षीया  सबिता पाण्डे बिरामी पर्नुभएको हो । दुबै जनाको हेटौंडा अस्पतालमा उपचार संभव नभएपछि  भरतपुर लगिएकोे जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 
यसैबीच आफ्नै ९ वर्षकी छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले २५ वर्षको कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायधिस टेकनारायण कँुवरको हिजो बसेको इजलासले हेटौंडा ४, कर्रामा बस्दै आएका ३७ वर्षीया भीमबहादुर सुवेदीलाई छोरीको बलात्कार र हाडनाता करणी गरेको ठहरसहित २५ वर्ष कैदको फैसला सुनाएको हो । 

Related

विविध 3241417915565963407

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item