नेपालका प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवाल आज लण्डन जादै


काठमाण्डौ,साउन १० । 
लन्डन ओलम्पिक–२०१२ मा सहभागी हुने नेपालका प्रथम ओलम्पियनमध्येका एक खेलाडी भूपेन्द्र सिलवाल आज लण्डन जादै हुनुहुन्छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले हिजो बिदाइ गरेको थियो । सलवाल एनआरएन युकेको सहयोगमा लन्डन ओलम्पिकमा सहभागी हुन लाग्नु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समीक्षालयमा आयोजित एक कार्यक्रमबीच राखेप सदस्य–सचिव युवराज लामा, खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठलगायतका पदाधिकारीले सिलवाललाई खेलाडी सङ्घको लोगो अंकित खादा लगाएर बिदाइ गर्नुभयो ।

 सदस्य–सचिव लामाले सङ्घको तर्फबाट सिलवाललाई ट्रयाकसुट र जुत्ता हस्तान्तरण गर्नुभएको थियो ।     सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाएका थियो । त्यसबेला सिलवाल पनि खेलाडी टोलीमध्येका एक सदस्य हुनुहुन्थ्यो । सिलवाल आज लन्डन प्रस्थान गर्नु हुनेछ ।

Related

प्रमूखखबरहरु 5707219829590146714

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item