बिजुली बत्ती बलेपछि सिन्धुलीको बेलघारी र भिमस्थानवासी दंग


रमा कार्की, सिन्धुली,साउन १० । 
सिन्धुलीको पूवी भेगमा पर्ने तीनपाटन क्षेत्रका बेलघारी र भिमस्थानमा गाविसमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानियबासिन्दा दंग परेका छन् । हिजो साँझ ८ बजेबाट उनीहरुको घरमा बत्ति पुगेको हो । यस अघि पूर्वी भेगका रानीचुरी,जरायोटार र लाम्पानटार गाविसमा बत्ती बलिसकेको विद्युत प्राधिकरण सिन्धुलीले जनाएको छ ।

 विगत लामो समयको प्रयासबाट गाविसको र विद्युत प्राधिकरणको संयुक्त लगानी र प्रयासमा विजुली बाल्न सफल भएको बेलघारी गाविसका निर्वतमान गाविस अध्यक्ष छत्रबहादुर दाहालले बताउनुभयो । बेघारीमा पहिलो चरणमा ६१ घरधुरीमा बत्ती बलेको छ । यसैगरी भिमस्थानको कदमे र चौतारामा गरी करिब एकसय घरधुरीमा बत्ती बलेको स्थानियबासिन्दाले  जनाएका छन् । आज बेलुका सम्ममा सम्पूर्ण घरहरुमा मिटर जडान गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाका लालबहादुर लामाले जानकारी दिनुभयो ।

Related

स्थानिय 4887809021927595515

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item