सिन्धुपाल्चोकमा हुने कांग्रेस सभापतिहरुको भेलाको आवश्यक तयारी पुरा



काभ्रे,साउन १० । 
यहि साउन १५, १६ र १७ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा हुने नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको आवश्यक तयारी पुरा भएको छ । भेलाको कांग्रेस सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको भेला व्यवस्थापन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । भेलाको उद्घाटन सत्रमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र रामचन्द्र पौडेलले मात्र बोल्ने तय गरिएको कार्यक्रममा १५ गतेबाटै बन्द सत्र सुरु हुने श्रेष्ठले बताउनुभयो । 

भेलामा ७५ जिल्लाका जिल्ला सभापति, केन्द्रीय समितिका ८०, केन्द्रीय सचिवालका सदस्य, केन्द्रीय पदाधिकारीसहित झण्डै २ सय जना बन्द सत्रमा सहभागी हुनेछन् । झण्डै ४० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको भेलामा सहभागिहरुलाई बस्नका लागि होटलको ब्यवस्था समेत मिलाइ सकिएको छ । देशको वर्तमान राजनीतिको बारेमा कांग्रेसको स्पष्ट धारणा बनाउन आयोजना गरिएको भेलामा ८० वटा बस मार्फत ३० हजार कार्यकर्ताहरु उद्घाटन सत्रमा उतार्ने तयारी काँग्रेसले गरेको छ ।  भेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु गरी करीब ३ सय सुरक्षा कर्मी परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।   

Related

विविध 8426339438401102736

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item