कस्तो छ विन्डोज–८ ?



शैलेश ज्ञवाली/लिभिङ विथ आईसीटी । 


ग्राहकको प्रतिक्रिया जे–जस्तो भए पनि विन्डोज–८ लाई बजारमा राम्रोस“ग स्वागत गरिनेछ यदि यसले प्रतिबद्धता गरेका सुविधाहरूलाई पूर्णरूपमा उपलब्ध गराउन सक्छ भने । अन्य अपरेटिङ सिस्टमहरूजस्तै यसले समय–समयमा परिमार्जन र परिष्कृत स्वरूपमा ल्याउने हुनाले अहिले नै विन्डोज–८ किन्नु उपयुक्त नहुन सक्ला । यदि परिष्कृत स्वरूपमा आउने हो भने विन्डोज एक्सपीपछिकै सर्वाधिक लोकप्रिय अपरेटिङ सिस्टम बन्न सक्ने देखिन्छ । 

माइक्रोसफ्टको भनाइअनुसार सन् २०१२ तथा त्यसपछिका वर्षहरूलाई मध्यनजर गरी विन्डोज–८ डिजाइन गरिएको छ । विन्डोज–८ निर्माण गर्दा माइक्रोसफ्टले विभिन्न कुराहरूमा गहन अध्ययन गरेको देखिन्छ । जस्तै इन्टरनेटको उपलब्धता, विश्वमा बढ्दै गइरहेको कम्प्युटरको प्रयोग, ल्यापटप र नोटबुकजस्ता हाते कम्प्युटरको प्रयोगमा व्यापकताजस्ता कुराहरूलाई मध्यनजर गरेर यसलाई निर्माण गरिएको माइक्रोसफ्टको दाबी छ ।

यी कुराहरूको साथसाथै माइक्रोसफ्टले आधुनिक प्रयोगकर्ताहरूको सेवा र सुविधालाई ध्यानमा राखी कम्प्युटरलाई छिटो र छरितो तरिकाले चलाउने, ब्याट्रीको टिकाउ हुने, विभिन्न नया“ एप्सहरूलाई सजिलै चलाउन सकिने । गतिशिल चित्रहरूलाई राम्रोस“ग चलाउन सकिने । विश्वकै कुनै पनि कुनामा गएर निःशुल्क प्रयोग गर्न सकिने, सुविधा राखेको हुनाले कम्प्युटरलाई एउटा हाते खेलौनाका रूपमा प्रतिस्थापित गर्ने सम्भावना रहेको छ । 

विन्डोज–८ अपेरेटिङ सिस्टमको विशिष्ट विशेषता भनेको यसस“गै निःशुल्क उपलब्ध हुने अन्तर्निहित एन्टिभाइरस र भिडेन्डर पनि हुन् । जसले कम्प्युटरलाई धेरै सुरक्षित राख्ने निश्चित छ । यस्तो भएपछि अहिले राम्रोस“ग चलिरहेका एन्टिभाइरसका कम्पनीहरू टाट पल्टन सक्नेछन् । तपाईंको दृष्टिकोणमा यो राम्रो वा नराम्रो दुवै हुन सक्छ । किनकि यसले तपाईंलाई अलग–अलग ओएस र एन्टिभाइरस किन्ने वा एउटै ओएसमा सम्पूर्ण कुरा पाइनेबीच दोधारमा पार्न सक्ला । तर, तपाईंलाई माइक्रोसफ्टले निःशुल्क दिने विभिन्न झन्झटिला प्रोग्रामहरूदेखि वाक्क लाग्छ भने यिनीहरूलाई छनोट गर्न र आफूले रुचाएको एन्टिभाइरस राख्न सक्नुहुन्छ । 

इन्टरनेट एक्सप्लोरर–९ ले गरेको परिवर्तनजस्तै विन्डोज–८ ले पनि डाउनलोडलाई एकरूपमा दिन कडा रूपमा फिल्टर गर्ने प्रविधि ल्याएको छ । विन्डोजमा भएका स्मार्ट स्क्रिन फिल्टरिङ फिचरले पहिलेजस्तो झन्झटिलो सेक्युरिटी वार्निङलाई सजिलो बनाउनेछ । यसले फाइल ट्रान्सफर गर्दा मालवेयर भाइरसबाट बचाउन अति महŒवपूर्ण भूमिका खेल्नेछ । 
विन्डोज–८ मा री–बुट हुने समय आठ सेकेन्ड छ । यसका साथै स्टार्ट–अप प्रक्रियामा कम्प्युटर आफै“ सुरक्षित हुनेछ । यसमा भएको सेक्योर बुटकीटले गर्दा स्टार्ट–अप समयमा हुन सक्ने बुटकीट वा रुटकीटजस्ता अति सक्रिय र ठूला भाइरसहरूबाट पनि कम्प्युटरलाई बचाउन सकिन्छ । विन्डोज–८ लग इन गर्दा चार अंकको थप पासवर्डका साथ–साथै तस्वीर चाहिने हुनाले यसलाई अझ सुरक्षित र भरपर्दो बनाएको छ । 

अन्ततः विन्डोज–८ ले आफ्नो ग्राफिक्सलाई अझ अगाडि लानुको साटो पछाडि लगेको भान हुन्छ । विन्डोज भिस्टामा प्रयोग गरिएका थ्रिडी ग्राफिक्सलाई प्रयोगकर्ताले नरुचाएका कारण पनि यसमा सामान्य ग्राफिक्स प्रयोग गरिएको हुनसक्छ । यसबाट स्पष्ट के बुझिन्छ भने विन्डोजलाई ट्याबलेट तथा अन्य हाते डिभाइसहरूस“ग सहजीकरण गर्नका लागि पहिले पर्सनल कम्प्युटरका लागि बनाइएको जस्तो भद्दा नभएको हो । 

प्रयोगकर्ताले एकरूपले बनेको एन्ड्रोइडमा आधारित डिभाइसहरू मन पराउलान् या विन्डोज–८ को डिजाइनलाई मन पराउलान् भन्ने कुरा त भविष्यले बताउ“ला । तर, जे–जस्तो भए पनि माइक्रोसफ्टले विन्डोज–८ लाई एउटा महŒवकांक्षी योजनाको रूपमा यसलाई ल्याएको छ । 


Related

प्रविधि 8370013586128427369

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item