नवलपरासीमा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ४५ जना घाईते

http://sindhulidarpan.blogspot.com/2012/08/accident_20.html
नवलपरासी, भदौ ४ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयां बेलहानी–८ को जंगलमा गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । काठमाण्डौंबाट नेपालगञ्जका लागि हिडेको ना ४ ख १०९२ नम्वरको बस र विपरीत दिशावाट भारतबाट काठमाडौंको लागि हिडेको युपी ५३ बिटी ९३८७ नम्वरको इन्डियन ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना पुरुषको घटना स्थलमै र २ जनाको भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमध्ये भारत मोतिहारी घर भएका लालजी पासवान, बेैतडिका बासुदेब जोशी र बैतडी घर भएका बसका चालक मदन राहुलको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ ।
अन्य ३ जनाको परीचय खुल्न सकेको छैन् । घाइतेहरुमध्ये ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ७ जनाको मध्यविन्दु अस्पताल डण्डा र ३१ जनाको मनकामना मेडिकल हल अरुणखोलामा उपचार भइरहको छ । दुर्घटना स्थल पुर्व पश्चिम लोकमार्ग अन्तर्गत अरुणखोलादेखि करिब डेढ किलोमिटर पश्चिम नयां बेलहानी–८ स्थित जंगलमा भएको हो । त्यस्तै नवलपरासीको अमरापुरीमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । दुर्घटनामा परी ट्याक्टर चालकको मृत्यु भएको बताईएको छ । तर उनको परिचय भने खुल्न सकेको छैन । आज बिहान अमरापुरीको नगरटाँडीमा बालुवा छोडी १६ नम्बरतर्फ फर्कदै गरेको ट्याक्टर ब्रेक फेल भई नगरटाँडीमा सडक किनारमा पल्टीएको स्थानियले जनाएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !