आजदेखि लोडसेडिङ फेरि बढ्यो (तालिका हेर्नुहोस् )


काठमाण्डौ,भदौ ४ ।

नेपाल विद्युुत् प्राधिकरणले  आजदेखि लागु हुनेगरि लोडसेडिङको समय फेरि बढाएको छ । प्राधिकरणका अनुसार आजदेखि हप्तामा ४६ घन्टा लोडसेडिङ हुनेछ । असार १३ गतेदेखि हप्तामा ३५ घण्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि हप्तामा ११ घन्टा थप भई ४६ घन्टा पुगेको छ । 

कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तालिका अनुसार अब हप्तामा चार दिन सात÷सात घन्टा र तीन दिन ६/६ घन्टा लोडसेडिङ हुनेछ ।


Related

विविध 8719857056480483807

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item