पनौती नगरपालिकाको निर्णयप्रति नगरबासी र राजनीतिक दल असन्तुष्ट



प्रकाश सुन्दास, काभ्रे,भदौ ४ । 

पनौती नगरपालिकाको निर्णयप्रति नगरबासी र नगरभित्रका राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । नगरपालिकाले आर्थिक वर्ष २०६९÷७० को साउन महिनादेखि नै लागुहुने गरी नगरपालिकाले लिन पाउने सम्पुर्ण कर वापतको शुल्क बृद्धि गरेको भन्दै नगरबासी र राजनीतिक दलहरुले आन्दोलनसमेत गर्न थालेका छन् । नगरपालिकाले सरोकारवाला निकायसँग छलफल नै नगरी सबै किसिमका करमा नौ सय प्रतिशतसम्म शुल्कबृद्धि गरेपछि नगरबासिहरु चिन्तित र आक्रोशित बनेका हुन् ।

 नेपाली कांग्रेस पनौती नगर समितिले हिजो सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाउदैँ एकसाता भित्र नगरपालिकाले निर्णय फिर्ता नलिए चरणबद्ध र सशक्त आन्दोलन गर्ने जनाएको छ । स्थानीय निकाय जनप्रतिनिधि विहिन रहेको अवस्थामा नगरपालिकाले एकलौटी र अवैज्ञानिक तबरले आकस्मिक कर शुल्क बृद्धि गरेको भन्दै यसको डटेर विरोध गरीने काँग्रेस पनौती नगर समितिका सभापति केदारबहादुर भण्डारीले बताउनुभयो ।

Related

विविध 7497139956806963757

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item