काभ्रेमा मध्यमाञ्चल स्तरीय फ्रेन्डसिप कराँते प्रतियोगिता आज दोस्रो दिनपनि जारी

http://sindhulidarpan.blogspot.com/2012/08/sports_20.html
प्रकाश सुन्दास, काभ्रे,भदौ ४ ।
काभ्रेको सदरमुकाम धुलिखेलमा आज दोस्रो दिनपनि मध्यमाञ्चल स्तरीय फ्रेन्डसिप कराँते प्रतियोगिता चलिरहेको छ । धुलिखेल सितोरियो कराँते डोजोले आयोजना गरेको प्रतियोगितामा काभ्रेसहित सिन्धुपाल्चोक, सिन्धुली, काठमाण्डु र कास्की जिल्लाका १९ वटा डोजोका १ सय ५० जना कराँते खेलाडीहरु सहभागी छन् ।
आज २० देखि ५५ केजी तौल महिला समूहको प्रतिस्पर्धा हुने धुलिखेल सितोरियो कराँते डोजोका प्रमूख प्रशिक्षक विजय लामाले जानकारी दिनुभयो । त्यस्तै पुरुष समूह तर्फ ५५ देखि ६५ केजी तौलमा खेलाडीहरुले प्रतिपस्र्धा गर्ने छन् । पुरुष समूह तर्फको २० देखि ५० केजी तौल समूहको खेल भने हिजो नै सकिएको छ । प्रतियोगिता आजै सकिने आयोजकले बताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !