सिन्धुलीमा विरोध जुलुस

http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_20.html
चिना थापा,सिन्धुली,भदौ ४ ।
खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईनले वस्तीनै विस्थापित हुनेगरी पोल गाडेको प्रति आपत्ति जनाउदै खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईन पिडित संघर्ष समितिले आईतवार विरोध जुलुस निकालेको छ । जुलुसमा ऐतिहासिक सिन्धुलीगढी संरक्षण गर, नगरबस्त्लाई जोगाउँ, हाइटेन्सन लाइन अन्यत्र सार, संघर्ष समितिसँग भएको सम्भपौता सार्वजनिक गर, काम चलाउ सरकार मुर्दावाद, संघर्ष समिति जिल्दावाद लगाएत नारा लगाएका थिए ।
खिम्ती ढल्केवर २२० केभी विधुत प्रसारण लाईनले ऐतिहासिक सिन्धुलीगढी, भद्रकाली, रानिचुरी, कमलामाई नगरपालिकाका वडा नम्बर ६ पानीट्ङ्की, अधेरी, वडा न. ७ डाँडाटोल, वर्देउटार, मित्रचोक, माझीटार, ठुलीटार, वुकाडाँडा, फीटिङ्ग करकरे, सानो, करकरेका घनावस्तिहरु विस्तापित हुने गरी पोल गोडेको भन्दै खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईन पिडित संर्घस समिति सिन्धुलीले अन्यत्र सारेर लैजानुपर्ने भन्दै पटक पटक आन्दोलन गरिरहेका छन् । ढल्केवर २२० केभी विद्युत प्रसारण लाईनले शसस्त्र प्रहरी वल प्रयोग गरी उक्त विधुत प्रसारण लाईन निर्माण गर्ने भन्ने नेपाल सरकारको निर्णय जनता प्रति सरकार गम्भिर नभएको आरोप लगाएका छन् । उक्त विद्युत प्रशारण लाईन विस्तार
भएको ठाउँ देखि २ सय ५० मिटर वरपरका जग्गाहरु कुनै पनि वैंकहरुमा धितो राखी ऋण नदिने भएकाले आफुहरु सो सुविधाबाट वन्चित भएको दुखेसो उनीहरुको छ । पोल अन्यत्र सारेर लैजानु पर्ने भन्दै खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईन पिडित संर्घस समितिले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत बारम्बार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै आईरहेको खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईन पिडित संघर्ष समितिका अध्यक्ष सुरेन्द्रश्वर मोक्तानले बताउनुभयो । उहाँले फेरी पनि सुनुवाई नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !