पंञ्चेबाजा संरक्षण गर्न ओखलढुंगामा एक महिने तालिम


ओखलढुंगा,भदौ ४ । 

लोपोन्मुख राष्ट्रिय पञ्चेबाजालाई संरक्षण गर्न ओखलढुंगामा एक महिने राष्ट्रिय मंगलधुन पंञ्चेबाजा तालिम सञ्चालन भैरहेको छ । जिल्ला विकास समिति र दलित वर्ग समन्वय समिति ओखलढुंगाको संयुक्त आयोजनामा साउन  २५ गतेदेखि तालिम भइरहेको हो ।

 तालिममा जिल्लाको वरुणेस्वर, च्यानम, पोकली, गाम्नाङटार, रावादोलु, भुसिङ्गा, हर्कपुरलगायतका गाविसका १५ जना दलितहरु सहभागी भएका छन् । तालिमको सहजीकरण संगित विशेषज्ञ रेडियो नेपालका पुष्प बरालले गरिरहनु भएको छ । आफ्नो सँस्कृतिलाई जोगाउन र पँञ्चेबाजालाई लोप हुन नदिन तालिम संन्चालन गरिएको दलित वर्ग समन्वय समितिका अध्यक्ष जीवन परियारले बताउनुभयो ।



Related

विविध 5986516758420431359

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item