पार्टी विवाद मिलाउन कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय



काठमाण्डौ,भदौ ५ । 

पार्टी भित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरु सक्रिय रहेका छन् । सभापति शुसील कोइराला र बरिष्ठ नेता शेरहबादुर देउवा पक्षबीच देखिएको असन्तुष्टि मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । उनीहरुले आज आन्तरिक छलफल गरि सभापति कोइराला, बरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेसँग भेट गर्ने रणनीति तयार गर्दैछन् । पार्टीको विभाग गठन  र अञ्चल संयोजकको जिम्मेवारीका विषयमा पार्टी भित्र विवाद बढेपछि दोस्रो तहका नेताहरु सबै निर्णय सहमतिबाट गराउने अभियानमा लागेका हुन ।




Related

राष्ट्रिय 3946018017679037446

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item