शर्त पूरा नगर्दा उदयपुरका दुई गाविसको अनुदान कटौती



उदयपुर,भदौ ५ । 

उदयपुरका मैनामैनी र ताम्लीछा गाविसले पाउने अतिरिक्त अनुदान काटौति हुने भएको छ । स्थानीय निकाय वित्तीय आगोगको सचिवालयले पठाएको नतिजामा अनुसार न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन पूरा नगरेकोले दुई गाविसको अनुदान कटौति हुने भएको हो ।    दुई गाविसले न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन पूरा बाकी ४२ वटा गाविस  र जिल्ला विकास समितिले पूरा गरेको जिल्ला विकास समिति उदयपुरले जनाएको छ । 

  न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन पूरा गरे थप २० प्रतिशत अतिरिक्त अनुदान पाउने सूचना अधिकृत विश्वजित राईले वताउनुभयो । गत बर्ष पनि जिल्लाले न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन पूरा गरेकाले थप २५ प्रतिशत थप अनुदान पाएको थियो । मूल्याकन पुरा नगर्ने दुवै गाविस जिल्लाका जिल्लाको दुर्गम क्षेत्रमा पर्दछन् ।


Related

विविध 5822329463867256765

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item