काङ्ग्रेस नेता खड्काको फैसला पुर्नविचारको माग राख्दै आज दाङ वन्द

http://sindhulidarpan.blogspot.com/2012/08/news_21.html
दाङ,भदौ ५ ।
नेपाली काङग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले पूर्वाग्रही रुपमा भ्रष्टाचारी ठहर गरेको आरोप लगाउदै नेपाली काङ्ग्रेस निकटका युवा तथा विद्यार्थी सङ्गठनले आज दाङ जिल्ला वन्दको आह्वान गरेका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलले सर्वाेच्च अदालतको फैसला पूनर्विचार गरिनुपर्ने माग राख्दै जिल्ला वन्दको आह्वान गरेका हुन् ।
वन्दका कारण दाङका प्रमुख बजार तुलसीपुर, घोराही लमही, भालुवाङ्ग र गढवा वन्द भएका छन् । वन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । वन्दका कारण पूर्व पश्चिमराजमार्गमा चल्ने सवारी साधन पूर्वमा भालुवाङ र पश्चिममा अर्जुनखोलामा रोकिएका छन् । विहान पाँच बजेदेखि साँझ पाँच वजेसम्म वन्द यथावत रहने नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापती कुमार घिमिरले जानकारी दिनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !