दोलखाका बालबालिकालाई सुआहारा
http://sindhulidarpan.blogspot.com/2012/08/dolkha_28.html
शेरबहादुर भुजेल, दोलखा,भदौ १२ ।
बालस्वास्थ्यमा सुधार ल्याउन भन्दै दोलखामा एकीकृत पोषण कार्यक्रम (सुआहारा) परियोजना सञ्चालन हुने भएको छ । दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई पर्याप्त पोषणयुक्त आहारा खुवाई बालमृत्युदर घटाउन परियोजना सञ्चालन गर्न लागिएको हो । अमेरिकी सहायता नियोग युएसआईडीको सहयोगमा नेपाल सरकार बालस्वास्थ्य महाशाखा, जिल्ला विकास समिति दोलखा र ग्रामिण विकास टुकी संघले ५१ वटै गाविसमा परियोजना सञ्चालन गर्न लागेको हो ।
कार्यक्रम दोलखासहित देशभरका २० जिल्लामा सञ्चालन हुन लागेको हो । आज दोलखा सदरमुकाम चरिकोटमा आयोजित परियोजनाको परिचयात्मक कार्यक्रममा हाल नेपालको बालमृत्युदर ३७ प्रतिशत रहेकोमा परियोजनाले त्यसलाई कम गर्ने उद्देश्य राखेको बाल स्वास्थ्य महाशाखाका प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो । सन् २०११ को सेम्टेम्बरदेखि सुरु हुने कार्यक्रम सन् २०१६ को अगष्टसम्म सञ्चालन हुनेछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !