‘निर्देशकले राति बोलाउँथे’

http://sindhulidarpan.blogspot.com/2012/08/film_23.html
काठमाडौं : एक दशकअघि प्रदर्शनमा आएको चलचित्र बिहानीले उस्तो चर्चा कमाउन सकेन । तर, त्यसमा अभिनय गरेकी एक सुन्दरी थुप्रैको मनमा गडिएर बसिन् । यिनका रूप र यौवनले धेरैलाई आकर्षित पार्यो । उनी हुन्, टिना रजक । सो चलचित्रमा अभिनय गर्नुपहिले पनि उनले मोडल एवं कामुक डान्सरको छवि भने बनाइसकेकी थिइन् । यो चलचित्रको अभिनयले उनको छविलाई थप उजिल्यायो । निर्मातानिर्देशक उनका पछि लाग्न थाले । यो कुरा उनी पनि स्विकार्छिन् ।

पुराना गायक प्रकाश श्रेष्ठदेखि सोनु निगम, सिन्धु मल्ल, सुदीप गिरी, सुरज बर्डसम्मका गीतका भिडियोमा मादक अभिनय गरेर सबैको मन जित्न सफल भइन् उनी । त्यो जोस र मादकता आफूमा अझै रहेको दाबी गर्छिन् टिना । नायिका बन्ने धोको अझै सेलाएको छैन । त्यसैले अब आफैँ चलचित्र निर्माण गर्ने सोचाइ उनले बनाएकी छन् । टिएन ट्राभल्स एन्ड टुर्स खोलेर पर्यटन व्यवसायमा पनि हात हालेकी छन् । ग्ल्यामरका नाममा नायिकाहरूले नग्नता पस्किने चलन बढेको अहिलेको अवस्थामा टिनाचाहिँ कस्तो बाटो रोज्लिन् त ? भन्छिन्– ‘आफूभित्रको अदामार्फत ग्ल्यामर झल्काउनेछु । हाउभाउबाट आफूलाई एक्सपोज गर्नेछु । अहिलेका नायिकाहरूले जस्तो भल्गारिटी प्रस्तुत गर्दिनँ ।’ (सौस)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !