सिन्धुलीका हजारभन्दा बढी उद्योगको दर्ता खारेज

http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_5394.html
उमा पौडेल,सिन्धुली,भदौ ७ ।
नबिकरण नगराएर र बिभिन्न कारणले सिन्धुली जिल्लामा १ हजार ९५ उद्योगको दर्ता खारेजी भएको छ । घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय सिन्धुलीमा गत आर्थिक बर्षमा दर्ता भएका कुल १ हजार ६ सय ९० उद्योग दर्ता भएका थिए । कार्यालयका अनुसार गत आर्थिक बर्षमा मात्रै घरेलु तथा साना उद्योग तर्फ ९७ वटा बाणीज्य तर्फ २ सय ५२ ओटा , नयाँ उद्योग जिल्लामा दर्ता भएका छन् ।

कार्यालयका बरिष्ठ उद्योग अधिकृत गोकर्णराज जोशिले संचालनमा रहेका उद्योगको बार्षिक सेवा तथा बस्तु उत्पादन क्षमता १९ करोड ४५ लाख ६६ हजार रहेको जानकारी दिनुभयो । यी उद्योगमा हाल १२१ जना महिला र १ हजार ५ सय ७ जना पुरुषले रोजगारी पाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !