चितुवाको हैरानी खेप्दै भद्रकालीवासी


उमा पौडेल,सिन्धुली,भदौ ७ । 
सिन्धुलीको भद्रकाली गाबिसमा चितुवा आतंक फैलिएको छ । चितुवाले दैनिकजसो खसि बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन् । स्थानीय छत्रबहादुर श्रेष्ठका अनुसार खोरमै आएर साता अघिदेखि चितुवाले खसि बाख्रा मार्न थालेको हो । 

बिपि राजमार्गसँगै जोडिएको गाबिसको जंगल क्षेत्रमा खसि बाख्रा गाइबस्तु चराउन लैजान समेत समस्या भएको स्थानीयले बताएका छन् । गाबिसमा रहेका १ दर्जनभन्दा बढी जनाबरहरु चितुवाले मारिसकेको छ ।

 गाबिसकै सामुदायीक बन उपभोक्ता समुहले सिकार खेल्न र बन जंगल मास्नमा कडा प्रतिबन्ध लगाएपछि जंगली जनावरहरु बढ्न थालेको स्थानीय भक्तबहादुर श्रेष्ठले बताउनुभयो । सरकारी नियाले बेलैमा चितुवा नियन्त्रणमा लिएर संरक्षित क्षेत्रमा छाड्नुपर्ने उहाँको सुझाब छ ।

Related

स्थानिय 8997120303114279663

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item