बंकर भत्कदा सेनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/08/news_23.html
डोल्पा,भदौ ७ ।
गएराति वर्षाका कारण बंकर भत्किदा समरसुर गुल्म सुलिगाडका एक जना सेनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । वर्षाका कारण बंकर भत्किदा समरसुर गुल्म सुलिगाड डोल्पामा कार्यरत तनहु बन्दिपुर गाविस वडा नं. २ का ३६ वर्षका नेपाली सेनाका हवल्दार मित्रलाल गुरुङको मृत्यु भएको हो ।
नेपाली सेनाका १ जना हवल्दार, एक जना अम र १ जना नाउ भने घाइते भएका छन् । घाइते इलामका हवल्दार प्रकाश गुरुङ, बारा कलैयाका नाउ श्यामसुन्दर ठाकुर, धादिङ्गका अम रामबहादुर गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको छ । वर्षाका कारण डोल्पा जिल्लाको सुलिगाडमा रहेको समरसुर गुल्मको बंकर राति सेना सुतीरहेको अवस्थामा एक्कासी भत्किदा घटना भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !