ओखलढुङ्गामा रुघाखोकि तथा ज्वरोले विद्यालय बन्द



ओखलढुंगा,भदौ ७ । 

ओखलढुंगाको कटुञ्जे गाविस वडा नम्बर छ स्थित भीमसेन प्राथमिक विधालयका अधिकांस शिक्षक र विद्याथीहरु रुघाखोकि र ज्वोरोले संक्रमित भएपछि विद्यालय बन्द भएको छ । विद्यालयमा अध्यनरत ७५ जना विद्याथीमध्ये ५० जना भन्दा बढी विद्यार्थी र सबै शिक्षकहरु विरामी परेपछि विद्यालय बन्द भएको हो । 

रुघाखोकि तथा ज्वोरोले शिक्षक र विद्यार्थीहरुलाई यसरी संक्रमण गरेपछि विद्यालयमा उपस्थित हुन नसकिएको शिक्षक शर्मिला खतिवडाले बताउनुभयो । विरामी परेका शिक्षक तथा विद्यार्थीहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अविरल वर्षाका कारण पानीका मुहानहरु दुषित बनेकाले रुघा खोकी तथा ज्वोरोको संक्रमण फैलिएको उपस्वास्थ्य चौकी कटुञ्जेका अहेव लक्षमण मालीले बताउनुभयो ।

Related

विविध 3794253272867165533

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item