बिनिता र सविनको रोमान्स १६ बर्ष मुनिकाले हेर्न नपाउने

http://sindhulidarpan.blogspot.com/2012/08/film_25.html
-माता मनकामना प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म फुलस्टपले शुक्रबार सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । चपली गर्ल बिनिता बराल र सविन श्रेष्ठको रोमान्सलाई अब १६ बर्ष मुनिका दर्शकले हेर्न नपाउने भएको फिल्मी खवरले समाचार प्रसारण गरेको छ ।
फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेटको साथै नेपालकै सबैभन्दा राम्रो सस्पेन्स थ्रिल फिल्मको उपमा दिएको फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मीखबरलाई बताए । सेन्सरले एडल्ट सर्टिफिकेटसँगै सर्त राखेको छ जसमा निर्माण युनिटले फिल्मको शुरुवातमा प्रस्तुत फिल्म थ्रिल भएको र १६ बर्ष भन्दा कम उमेरकाको लागी निषेध गरिएको चेतावनी लेख्नु पर्नेछ । तर फिल्ममा समाबेस गरिएको कुनै पनि दृश्यहरु काट्नु पर्ने छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !