काभ्रेमा सामुदायिक स्वास्थ्य इकाई प्रभाविकारी बन्दै

http://sindhulidarpan.blogspot.com/2012/08/news_2586.html
काभ्रे,भदौ ९ ।
सामान्य औषधी उपचारका लागिसमेत दुईदेखि तीन घण्टासम्म पैदल हिडेर उपस्वास्थ्य चौकी धाउनु पर्ने काभ्रेको बिकट भिमखोरी गाविसका नागरिक खुसी भएका छन् । स्थानीय बासिन्दाहरुको सक्रियतामा जिल्ला मै पहिलो पटक जिल्ला स्वास्थ्य कार्यालयले गाविसको वडा नम्बर–८, शिखपुरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिदिएपछि स्थानीयबासिन्दा खुशी भएका हुन् । स्वास्थ्य इकाइमा जिल्ला स्वास्थ्य कार्यालयले अहेवको नेतृत्वमा अनमिको दरबन्दी राखिदिएपछि सुरक्षित प्रसुतीका साथै गर्भ परीक्षण गराउन महिलाहरुलाई निकै सजिलो भएको छ ।
त्यस्तै रुघाखोकी, ज्वरो, टाइपाइट, निमोनिया जस्ता रोगको औषधीसमेत स्थानीय स्तरमै उपलब्ध हुन थालेपछि बृद्ध बद्धा, अशक्त, बालबालिकाहरु पनि लाभान्वित भएका छन् । परीक्षणका रुपमा स्थापना गरिएको स्वास्थ्य इकाइ कार्यक्रम प्रभावकारी बन्दै गएकाले जिल्लाको अन्य भागमा पनि राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमूख डाक्टर अर्जुन सापकोटाले जानकारी दिनुभयो । भौगोलिक रुपमा काभ्रेका ग्रामीण भेगका बस्ती जस्तै छरिए रहेका नेपालका अधिकाश भू–भागका उपस्वास्थ्य चौकी सम्म पहुँच नपुगेका स्थानीयबासिन्दाहरुको स्वास्थ्य स्थिति बिग्रन नदिन सरकारले सामुदायिक स्वास्थ्य इकाइको अवधारणा ल्याएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !