क्षेत्रीय विमानस्थलको माग गर्दै पोखरामा आज पनि रिले अनशन


काठमाण्डौ,भदौ ९ । 
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारलाई दबाब दिन पोखराबासीले आज पनि रिले अनशनलाई जारी राखेका छन् । नागरिक दबाब समूहले पोखरा विमानस्थल अगाडि बिहानैदेखि धर्ना र अनशन सुरु गरेको छ । अनशनमा नागरिक समाज, कलाकार, खेलाडीलगायतका व्यक्तिहरू सहभागी छन् । उनीहरूले अस्तिदेखि रिले अनशन सुरु गरेका हुन् । यही भदौ १५ गतेसम्ममा आफ्नो मागका विषयमा उचित संबोधन नभएमा अनिश्चितकालका लागि विमानस्थल ठप्प पार्ने उनीहरूले चेतावनी पनि दिएका छन् । सरकारले सहसचिवस्तरको टोली बनाएर वार्ताका लागि आह्वान गरेपनि उनीहरूले आन्दोलनकारीहरूले भने मन्त्रीस्तरको टोलीसँगै मात्रै वार्ता गर्ने अडान लिँदै आएको छ ।

Related

विविध 2483065191327943901

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item