प्राधिकरण लालबन्दीमा तालावन्दी खुल्यो

सुरेश बिडारी, सर्लाही,भदौ १२ । 
सर्लाही लालबन्दीमा रहेको प्राधिकरण प्रशाखा लालबन्दीमा गरिएको तालाबन्दी दुई घण्टा पछि खुलेको छ । ट्रान्सफर्मरको क्षमता वृद्धी गर्नुपर्ने माग राख्दै बस्तीपुर ८ र ९ का उपभोत्ताहरुले विहान १०ः३० बजेदेखि गरेको तालाबन्दी १२ः३० मा खोलिएको हो । लालबन्दी प्रहरी चौकी, आन्दोलित उपभोक्ता र कर्मचारीहरुबीच ५० केभीको ट्रान्सफरमरको स्थानमा ५०/५० केभीको ट्रान्सफरमर जडान गर्ने सहमति पछि तालाबन्दी खुलेको बुझिएको छ । 

प्राधिकरण प्रशाखा लालबन्दीका प्राविधिक मोहन श्रेष्ठ मलङ्गवामा ट्रान्सफर लिन गएको र साँझसम्ममा ट्रान्सफरमर जडान गर्ने सहमति भएको स्थानीय समाजसेवि ऋषिराम तिमल्सीनाले जानकारी दिनुभयो । यसअघि पटक पटक प्राधिकरणलाई एकसय केभिको टा«न्सफर्मर जडान गरीदिन आग्रह गर्दा पनि प्राधिकरणले वेवास्था गरेको र विद्युत कटौति भैरहने समस्याले सताएपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको उपभोत्तालेहरुले बताएका छन । डेड महिना अघि पचास केभिको टा«न्सफर्मर जलेदेखि स्थानियले विद्युत कटौतिको समस्या झेल्दै आईरहेका छन  । दुई दिन देखि विजुली नबल्दा स्थानीय ३ सय घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन  ।


Related

विविध 6281190804359797768

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item