एक्ले बाँदरले दियो बर्दिबासबासीलाइ सास्ती



अनु खनाल,बर्दिबास,साउन २३ । 

एक्ले बाँदरले रुवाउँछ भन्ने उखान आजभोलि बर्दिबासबासीमाथि चरितार्थ भएको छ । बर्दिबासमा भित्रिएको एक्लो बाँदरले गएको केहिदिनमै एक दर्जन व्यक्तिलाइ टोकेको बताइएको छ । जंगली बादर एक्लै बर्दिबासमा छिरेपछि घर घरमा बनाएका खानेकुरा चोरेर खाइदिने , करेसाबारीको तरकारी खाने , बोट माडिदिने , अन्य चिजविज छरपस्ट पारीदिने जस्ता सास्ती दिन थालेको बर्दिबासकी रन्जु भट्टराइले गुनासो गर्नुभयो । 

बाँदरकै कारण बर्दिबासमा बालबालिकालाइ एक्लै कतै पठाउन , विधालय पठाउन पनि टोकिदीने पो हो की भन्ने त्रास बढेको छ ।  एउटै बाँदर भएपनि त्यसलाइ कसैले नियन्त्रणमा लिन नसक्दा यस्तो सास्ती खेप्नुपरेको बर्दिबासबासीको भनाइ छ ।

Related

विविध 3636959306180458998

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item