पति र ससुरा मिलेर उन्तिमाको हत्या


पर्सा, भदौ १० ।

पर्सा जिल्लाको जगन्नाथपुर–५ स्थित सुदपुरमा उन्तिमादेवी महतोलाई उनकै पति र ससुराले हत्या गरेर जलाएका छन् । २० बर्षीया उन्तिमा देवीलाई भदौ–६ गते राति उनकै पति रामेश्वर महतो लोनिया र ससुरा सीताराम महतोले कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
उनीहरुले उन्तिमादेवीको हत्या पछि घरदेखि झण्डै १ किलो मिटर टाढा उत्तरमा पर्ने भलुवाई नदीको किनारमा सोही राति शव जलाएका थिए । ढिलो सूचना पाएको प्रहरीले सो स्थानमा भदौ–८ गते पगेर घटनास्थलबाट शवका जलेका टुक्राहरु बरामद गरेको थियो ।

सो स्थानबाट शव जलाएको जस्तो खरानी तथा कोईला, कानमा लगाउने सुनको जस्तो टप १ थान, घाँटीमा लगाउने मालाको दाना ५ वटा, हातको जलेको टुक्रा तथा जलेको जुटको टुक्रा फेला पारेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले भदौ–९ गते उनीहरुको घर तलासी गर्दा टिनको ड्रममा लुकाई राखेको अवस्थामा अंदाजी ५५ किलो लागूऔषध गाँजा समेत बरामद गरेको छ ।

Related

राष्ट्रिय 5301754311889049680

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item