सिन्धुलीमा भाईरज ज्वरो बिरामीको सख्यामा बृद्धि



चिना थापा,सिन्धुली,भदौ ११ । 
मौसम परिवर्तनसँगै सिन्धुलीमा भाईरल ज्वरोको विरामीको संख्यामा बृद्धि भएको छ । जिल्ला अस्पतालका अनुसार अहिले दैनिक २ सयको हाराहारीमा ज्वरोका विरामी आउने गरेका छन । गत महिनाको  तुलनामा दोब्बर रहेको अस्पतालले जनाएको छ ।

दुषित खानेपानी, खानपान, सरसफाईमा ख्याल नगर्ने कारणले भाईरल ज्वरो नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीले बताएका छन् ।  जिल्ला अस्पताल सिन्धुलीले भने भाईरल ज्वरोको लागी प्रयाप्त औषधि रहेको र आफुहरु तयारि अवस्थामा रहेको अस्पतालनले जनाएको छ । 

मौसम परिवर्तनको समय भएको यस्तो बेलामा भाईरल ज्वरोका विरामीको संख्या बढ्नु स्वभाविक रहेको स्वास्थ्र्यकर्मीले वताएका छन । उनीहरुले भाईरल ज्वरो सरुवा रोग भएकाले यस्ता विरामीबाट टाढा रहने र उमालेको पानी खानु राम्रो हुने सुझाव दिएका छन । रुघा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखा परे स्वास्थ्यकर्मीको परामर्स लिएर औषधि सेवन गरे यस्तो रोग निको हुने उनीहरुले बताएका छन् ।

Related

स्थानिय 913869306423309232

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item