प्रेमी होइन, साथी : सुष्मा

http://sindhulidarpan.blogspot.com/2012/08/model.html
काठमाडौं : नायिका सुष्मा कार्की चर्चामा चाहिँ आइरहन्छिन् । कहिले आफ्नो वक्षस्थलछेवैको टाटुका कारण त कहिले उध्रेको चोली गीतमा गरेको उत्तेजक नृत्यका कारण । चलिरहेको बिन्दास चलचित्रको पोस्टरमा टाटु देखाएको उत्तेजक तस्बिरसँगै उनको चर्चा बढाउने अर्को सन्सनी पनि फैलिएको छ बजारमा । सुनिन्छ– उनी फेरि प्रेममा परेकी छन् † एक समय निर्देशक सुदर्शन थापासँग चक्कर चलाइरहेकी सुष्मा हिजोआज अर्का एक नयाँ युवकसँग निकै झ्याम्मिएकी देखिन्छिन् । प्राय: जहाँ जाँदा पनि यी दुई सँगै हुन्छन् । त्यही अधिक निकटता देखेर मानिसहरू ती युवक सुष्माका प्रेमी हुनसक्ने अड्कल लगाइरहेका छन् ।

सुष्मा भने नरेन आफ्नो प्रेमी नभएको बताउँछिन् । ‘उनी त मेरा पुराना साथी हुन्, त्यस्तो प्रेमप्रसंग केही छैन, शंकै नगर्नुस्,’ उनले भनिन्, ‘प्रेमी भएको भए किन लुकाउँथेँ र ?’ कहिलदेखिको र कस्तो साथी भन्ने कुरा भने सुष्माले खुलाउन चाहिनन्, बरु फोनै काटिन् । सुष्माले अस्वीकार गरे पनि नरेन उनका प्रेमी नै भएको र दुवैले यस वर्ष बिहे गर्ने योजनासमेत बनाएको चर्चा चलचित्रवृत्तमा चुलिएको छ । (सौस)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !