तरकारी खेतीवाट वार्षिक २ लाख आन्दामी

http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_8342.html
अञ्जु तामाङ,सिन्धुली,भदौ ११ ।
कृषि विकास कार्यालय सिन्धुलीको आयोजनामा प्लास्टीक घर भित्र गोलभेडा उत्पादन संम्वन्धि एक दिने गोष्ठी आज सिन्धुलीमाढीमा संम्पन्न भएको छ । गोष्ठीमा वेमौसमी तरकारी गोलभेडालाई कसरी रोप्ने तथा व्यवस्थित गर्ने र रोगवाट कसरी वचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख डोर वहादुर रायमाझिको अध्यक्षतामा भएको गोष्ठिमा भद्रकाली।, रतनचुरा, भिमेस्वर तथा अन्य गाविस र एक नगरपालिकाका गरि २० जनाको सहभगिता रहेको थियो ।
गोष्ठिमा कृषकहरुले गोलभेँडा खेती गर्दा सिँचाइमा आएको समस्या, ढुवानीमा समस्या लगायत विउ विजनको समस्याका वारेमा सम्वन्धित निकायसंग गुनासो राखेका थिए । साथै उनिहरुले रोग लागेको गोलभेँडा तथा विरुवा गोलभेँडामा लाग्ने रोगको समाधानका वारेमा प्रत्यक्ष सरोकार राखेका थिए । रतनचुराका कृषक चुँडाराज शर्माले गोलभँेडा तथा तरकारी खेतीवाट वार्षिक २ लाख वरावरको आम्दानी लिन सफल भएको वताउँदै अन्य कृषकहरुलाई पनि लगनशिल भएर तरकारी खेती गर्न सुझाव समेत दिनुभयो । राम्रो वजार नपाउने तथा लगानी अनुसारको मुल्य वजारमा नदिने हुनाले समस्या भएको कृषकहरुको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयका देवराज अधिकारी र सिड्स नेपालका माधव पराजुलीले सहजिकरण गर्नुभएको गोष्ठिमा २० जनालाई तरकारी क्रेट समेत वितरण गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !